१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २४ शनिबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २४ शनिबार १८:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू–१९ क्रिकेट टिमको जिम्मेवारी शक्ति गौचनलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २४ शनिबार १८:३५:oo

नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचनले नयाँ जिम्मेवारी पाएका छन्। शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाल यू–१९ टिमको प्रशिक्षक बनाएको छ। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दले पाएका छन्।

सन् २०१४ मा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप खेल्दा शक्ति टोलीका मुख्य खेलाडी थिए। रुपन्देहीमा जन्मिएका ४० वर्षीय पूर्वक्रिकेटरले पहिलो पटक राष्ट्रिय टोली हेर्ने जिम्मेवारी पाएका हुन्। विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसपछि भने उनी टिम बाहिर भएका हुन्।

तत्कालिन कप्तान तथा समकक्षी पारस खड्का क्यानको सचिव भएपछि शक्तिले अवसर पाएका हुन्। यसअघि उनी रुपन्देहीमै एकेडेमी संञ्चालनमा केन्द्रित थिए। 

एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने यू–१९ एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुँदैछ। त्यसैको लागि क्यानले शक्तिलाई जिम्मेवारी सुम्पिएको हो। शक्तिले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा पनि गरिसकेका छन्। उपकप्तानमा अर्जुन कुमाल छन्।

टोलीमा हेमन्त र अर्जुनसँगै आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार छन्।

प्रतियोगितामा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ।