१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Thursday, 19 June, 2025
तस्बिर : एपी
रासस बेइजिङ
२o८१ कार्तिक २७ मंगलबार १८:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

खेलकुद केन्द्रमा छिरेको अनियन्त्रित कारको ठक्करबाट चीनमा ३५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार १८:३४:oo

दक्षिणी चीनको झुहाई सहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएका स्थानीय प्रहरीले मंगलबार जानकारी दिएको छ।

सोमबार नै यो घटनाको जानकारी दिइएको थियो। तर, त्यस वेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएको थियो भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू हटाइएको देखिन्थ्यो।

तर, मंगलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको संख्या ३५ पुगेको खुलासा गरेको छ।

फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयुभी गेटबाट भित्र चलाएर सहरको खेलकुद केन्द्रमा प्रवेश गरी केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ।

प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैँलाई काटिरहेको अवस्थामा फेला पारी ‘तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको बताइएको छ। उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैँले गरेको चोटका कारण कोमामा छन् र सोधपुछका लागि असक्षम’ रहेको प्रहरीले बताएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारका लागि ‘सम्पूर्ण प्रयास’ गर्न आग्रह गरेका र ‘कानुनबमोजिम अपराधीलाई दण्डित गर्न माग’ गरेकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।