मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २७ मंगलबार १८:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागढुंगास्थित सिस्ने खोलामा यातायात आंशिक बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार १८:४७:oo

सिस्ने खोलास्थित त्रिभुवन राजपथमा आंशिक रूपमा यातायात बन्द हुने भएको छ। कात्तिक २९ देखि मंसिर ५ सम्म बिहान ११ बजेदेखि २ बजेसम्म यातायात आंशिक रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सिस्ने खोला क्षेत्रमा ‘स्लोप कटिङ’ गर्न लागेकाले यस क्षेत्रमा आंशिक रूपमा यातायात बन्द गर्न लागिएको हो।

सो समयावधिमा एम्बुलेन्स र सुरक्षा निकायबाहेकका सवारीसाधन दुईतर्फी रूपमै २० मिनेट बन्द र २० मिनेट खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।