मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Monday, 09 December, 2024
२o८१ कार्तिक २३ शुक्रबार १o:५२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंघा गोल्डकप हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १o:५२:oo

ताप्लेजुङको सिरिजंघा– ४ तेल्लोकमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंघा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ ।

शुक्रबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले पूर्वीपहाडी जिल्लाको महत्त्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन ताप्लेजुङ जिल्लामा ठुलो खेल महोत्सवका रूपमा गोल्डकप प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सामाजिक सदभावका लागि युवा एकता, विकृति विसंगतिविरुद्ध खेलकुदद्वारा सहकार्य, साथै प्राकृतिक रूपमा रहेका जिल्ला तथा स्थानीय प्राकृतिक सम्पदाको प्रचार–प्रसार, स्थानीय संस्कृतिको जगेर्ना, विश्वको तेस्राे तथा नेपालको दोस्राे हिमाल कञ्चनजंघा, प्रसिद्ध तीर्थस्थल पाथीभरा, लिम्बू जातिको पहिचान लिम्बू संग्रहालयको प्रचारप्रचार गर्ने उद्देश्यले तेल्लोकमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंघा गोल्डकप प्रतियोगिता गर्न लागिएको हो । 

पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय आमन्त्रण गरी सञ्चालन गर्न लागिएको गोल्डकप प्रतियोगितामा पारिजात संघ फुटबल क्लब सिलगुढी, बद्रह फुटबल क्लब (बेलका) उदयपुर, आयोजक टिम तेल्लोक स्पोर्टिक क्लब तेल्लोक ताप्लेजुङ, न्यु स्टार फुटबल क्लब झापा, मारिक फुटबल क्लब धरान सुनसरी, वाइवाइ फुटबल क्लब पाँचथार, सिरिजंघा स्पोर्टिङ क्लब मोरङ र साँगुरीगडी फुटबल क्लब धनकुटा गरी आठ टिमको सहभागिता रहने  जानकारी दिए ।

विजयी टिमलाई दुई लाख ५० हजार ५५५ रुपैयाँका साथ मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । उता, उपविजेतालाई एक लाख २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । 

फुटबल प्रतियोगितामा करिब ३० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । तेल्लोक क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यवसायीकरण गर्ने उद्देश्यले ०७८ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ भने यो फुटबलको चौथो संकरण रहेको बताएको छ ।