मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २३ शुक्रबार १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादीले उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्धको अभियानका रूपमा अघि बढाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १o:४६:oo

माओवादीले स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्धको अभियानका रूपमा अघि बढाउने भएको छ । सुशासनलाई केन्द्रमा राखेर भ्रष्टाचारविरुद्ध खरो रूपमा उत्रिने माओवादीले जनाएको छ । उपनिर्वाचन हुने पालिका र वडाका कमिटी तथा उम्मेदवारलाई सुशासनलाई मुख्य एजेन्डा बनाएर प्रस्तुत हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको माओवादी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘माओवादी सरकारमा हुँदा अगाडि बढाएको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डा लिएर जनतामा जान्छौैँ । स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताका रूपमा अघि बढाउनेछौँ,’ उनले भने । भ्रष्टाचारको अन्त्य नभएसम्म देश विकास हुन नसक्ने र जनताले परिवर्तनको महसुस नगर्ने माओवादीको निष्कर्ष छ । 

भ्रष्टाचारविरोध अभियान तीव्र भइरहेका वेला बिचौलिया र भ्रष्ट मिलेर प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी माओवादीले गर्दै आएको छ । सुशासनको पक्षमा माओवादीले गरेको कामबाट जनतामा राम्रो सन्देश गएको भन्दै सो पार्टीका नेताहरूले निर्वाचनमा त्यसको प्रभाव पर्ने बताएका छन् । माओवादीले कांग्रेस र एमालेबाहेकका दलहरूसँग स्थानीय आवश्यकताका आधारमा सहकार्य हुन सक्ने जनाएको छ ।

तर, कांग्रेस र एमालेसँग भने उपनिर्वाचनमा सहकार्य नहुने माओवादीले स्पष्ट पारेको छ । आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि माओवादीले २६ कात्तिकसम्म उम्मेदवार चयन गरिसक्ने जनाएको छ । काठमाडौंको कीर्तिपुरको मेयरमा प्राध्यापक शिवशरण महर्जनलाई अघि सारेको माओवादीले अन्य रिक्त स्थानमा पनि उम्मेदवार छनोटको क्रम जारी रहेको जनाएको छ ।