१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
२o८१ कार्तिक २२ बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष नगरसभाको बैठक बोलाउन जितपुर–सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार ११:१६:oo

जितपुर–सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले विशेष नगरसभाको बैठक बोलाउन माग गरेका छन्। उपमहानगरपालिकाको नगरसभामा कायम सदस्यमध्ये २५ प्रतिशतभन्दा बढी सदस्यले संयुक्त हस्ताक्षरसहित नगरप्रमुख राजन पौडेलसँग विशेष नगरसभा बोलाउन माग गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा ३ मा नगरसभाका एकतिहाइ सदस्यले संयुक्त हस्ताक्षरसहित नगरसभाको विशेष बैठक माग गरेमा १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानलाई टेकेर ३७ जना सदस्यको हस्ताक्षरसहित जनप्रतिनिधिले विशेष बैठक बोलाउन माग गरेका हुन् ।

उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाको विशेष बैठक माग गरिएको पत्र नगरप्रमुख पौडेललाई बुझाएका छन्। उपप्रमुख अधिकारीले जितपुर–सिमरामा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्नका लागि पनि विशेष बैठक माग गरिएको बताए ।

उपमहानगरपालिकाको १०औँ नगरसभाको विषयलाई लिएर उत्पन्न परिस्थितिलाई अन्त्य गर्दै नगरको समृद्धिका लागि विशेष बैठक माग गरिएको उपप्रमुख अधिकारीको भनाइ रहेको छ। उपप्रमुख अधिकारीले विशेष नगरसभापछि जितपुर–सिमरामा देखिएको द्वन्द्व अन्त्य हुनेमा आफूहरू विश्वस्त रहेको पनि बताए।

नगरप्रमुख पौडेलले विशेष नगरसभा माग गर्दै पत्र आएको र त्यसलाई आफूले अध्ययन गरिरहेको बताए । नगरप्रमुख पौडेलले उक्त पत्र विधि र कानुनसम्मत रहे–नरहेको अध्ययन गरेपछि मात्रै निर्णय लिने बताए।