मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसले बलराम सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ। आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि कांग्रेस मोरङले नेपाली पार्टीका पूर्वमहासमिति सदस्य बलराम सरदारलाई ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने भएको हो ।
नेपाली कांग्रेस मोरङका सूचना सञ्चार एवं प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहका अनुसार २१ कात्तिकमा सम्पन्न बैठकले १७ जना आकांक्षीमध्येबाट सरदारलाई सर्वसम्मत रूपले ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अन्य पार्टीहरूले भने ग्रामथान गाउँपालिकाको उम्मेदवार घोषणा गरेका छैनन् भने आकांक्षीहरूको नाम पनि चर्चामा आइसकेको छैन। नेपाली कांग्रेसबाटै विजयी भएका ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको १० माघ ०८० मा ब्रेन ह्यामरेज भएर निधन भएको थियो ।