ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन् । बैंकले ल्याएको क्यासब्याक अफर योजनाअनुसार बैंकको मोबाइल बैंकिङ यती एयरलाइन्स टिकटको खरिदमा निश्चित ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।
क्यासब्याक प्राप्त गर्न बैंकका ग्राहक तथा ग्राहक परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यतीको टिकट बुक गर्दा ‘फ्लाई यती’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । ग्राहकहरूले यो प्रोमो कोड तीनपटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे ।
साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।