१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ कार्तिक २२ बिहीबार o८:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेट उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o८:४५:oo

लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदा सुदूरपश्चिमका बलर हेमन्त धामीले १० ओभरमा दुई मेडन राखी चार विकेट विकेट लिए

सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा बुधबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल खडा गरेको थियो । सहज लक्ष्य पछ्याएको लुम्बिनी खराब ब्याटिङ गर्दा ४३.१ ओभरमा ११९ रनमै समेटियो । लिग चरणमा सुदूरपश्चिम शीर्ष र लुम्बिनी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । 

सुदूरपश्चिमलाई च्याम्पियन बनाउन बलर हेमन्त धामीले कसिलो बलिङ गरेका थिए । उनले १० ओभरमा दुई मेडन राखी चार विकेट विकेट लिए । यस क्रममा उनले २५ रन मात्र खर्चे । यसैगरी सचिन भट्ट र नरेन साउदले समान दुई विकेट लिए । नरेनले नौ ओभरमा १० रन खर्चे । सचिनले १० ओभरमा ३२ रन दिएका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी र बलर लुम्बिनीका सन्तोष यादव घोषित भए । कोशीका सोनु अन्सारी उत्कृष्ट ब्याट्सम्यान भए । उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाए । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५ हजार रुपैयाँ हात पारे । फाइनलका म्यान अफ दी म्याच हेमन्त धामीले तीन हजार रुपैयाँ पाए । 

सन्तोष लिए पाँच विकेट
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका सन्तोष यादवले फाइनलमा समेत सुदूरपश्चिमका खेलाडीलाई खुलेर स्ट्रोक लगाउन दिएनन् । उनले १० ओभरमा २८ रन खर्चेर पाँच विकेट लिएपछि सुदूरपश्चिमले उपाधि भिडन्तमा मध्यम योगफल खडा गरेको हो । सन्तोषले आफ्नो स्पेलमा दुई मेडन पनि फ्याँके । उनले सुदूरपश्चिमका ओपनर राजेश आयेरलाई १४ तथा अर्का ओपनर अभिषेक थापालाई २९ रनमा आउट पारे । अभिषेकले २७ बलमा पाँच चौका प्रहार गरेका थिए । सन्तोषले विकेटकिपर आशिष लुहारलाई २, अशोक धामीलाई ८ र युवराज खत्रीलाई शून्यमा पेभेलियन पठाए । 

लुम्बिनीको कमजोर ब्याटिङ
लक्ष्य पछ्याएको इनिङ्समा लुम्बिनीका दोस्रा ओपनर सम्राट भुसाल शून्यमा आउट भए । ओपनर आकाश त्रिपाठीले सर्वाधिक २२ रन जोड्न ४४ बलको सामना गरे । अलराउन्डर प्रदर्शन गरेका सन्तोषले ३५ बलमा १२ रन जोडे । यसैगरी, विजय कोहारले १९ र समीर अलीले ३२ बलमा १८ रन बनाए । सो इनिङ्समा चार खेलाडीले रन नै बनाएनन् । दशौँ क्रमका खेलाडी शिव कुँवरले ४६ बलमा २० रन बनाए । लुम्बिनीले २० अतिरिक्त रन पाएको थियो ।