१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २२ बिहीबार १o:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपालमा ‘टिकटक’ आधिकारिक रूपमा सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १o:५२:oo

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबारदेखि आधिकारिक रूपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिकाबमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ । 

मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसैँ, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बास्तोलाले मंगलबार टिकटक प्लाटफर्म विधिवत रूपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिइन् ।

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्जाललाई समेत यथाशीघ्र सूचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । 

साथै, हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’लगायतका सामाजिक सञ्जाल प्लाटफर्म मन्त्रालयमा सूचीकरण भइसकेको छ । ‘अरू सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,’ उपसचिव बास्तोलाले भनिन् ।