१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २१ बुधबार o९:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाको आन्दोलन आज पनि जारी, प्रदर्शनमा प्रहरीको बलविरुद्ध भर्त्सना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार o९:४४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्ध र सहकारीपीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले भर्त्सना गरेको छ।

कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार विज्ञप्ति जारी गरेर आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझीलगायतलाई प्रहरीद्वारा गरिएको हातपात र सञ्चार सामग्री तोडफोडसमेत गरिएको भन्दै विरोध गरेका छन् ।

मंगलबार रत्नचोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरेको थियो । 
 
संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको भन्दै उनले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयासप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले हिरासतबाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् । बुधबार  अपराह्न ४ बजे मानव अधिकारचोक पोखरालगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम यथावत् रहने उनले जानकारी दिएका छन् ।