मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले उम्मेदवार चयन गरेको छ। १६ गते हुने उपनिर्वाचनमा रौतहटका तीनवटा वडाहरूमा निर्वाचन हुँदै छ। उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका– ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा निर्वाचन हुँदै छ।
नेकपा एमाले रौतहटको सचिवालय बैठकले राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नासिम अख्तर, ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका वडा नम्बर ८ मा जिउतीदेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेसँगै नेकपा एमाले रौतहटले रौतहटका तीनवटा वडामा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको हो ।
नेकपा एमाले र उच्चहटले चयन गरेका तीनवटै वडाध्यक्षका उम्मेदवारहरूलाई जिताउनका लागि सम्पूर्ण पार्टीपंक्तिलाई एक भएर लाग्नका लागि नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्तिमार्फत आग्रह गरेका छन्।