१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २१ बुधबार १३:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १३:३६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार वक्तव्य जारी गर्दै लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रयास भइरहेको दाबी गरेका छन्।

संसदीय छानबिन समितिले सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको भन्दै झाले भनेका छन्, ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकाेप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

लामिछानेको पक्राउविरुद्ध र सहकारीपीडितलाई न्यायको मागसहित पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै रास्वपाले भर्त्सना गरेको छ।

साथै, समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझीलगायतलाई प्रहरीले हातपात गरेको विषयको विरोध गर्दै रास्वपाले विरोध कार्यक्रम यथावत् रहने प्रस्ट पारेको छ।