अमेरिकी राष्ट्रपतीय निर्वाचनको इतिहासमा डोनाल्ड ट्रम्प भूतपूर्व राष्ट्रपति पुनः निर्वाचित भएर राष्ट्रपति बन्ने दोस्रो व्यक्ति भएका छन् । यसअघि सन् १८९२ को निर्वाचनमा ग्रोभर क्लेभलान्डले यस्तो कीर्तिमान रचेका थिए ।
डेमोक्य्राटिक पार्टीका तर्फबाट उम्मेदवार बन्दै सन् १८८४ को निर्वाचनबाट पहिलोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका क्लेभलान्ड सन् १८८८ को निर्वाचनमा भने रिपब्लिकन उम्मेदवार बेन्जामिन ह्यारिसनसँग पराजित भएका थिए ।
तर, सन् १८९२ को निर्वाचनमा उनै ह्यारिसनलाई हराउँदै राष्ट्रपतिमा उनी पुनः निर्वाचित हुन पुगे । २२औँ अमेरिकी राष्ट्रपति क्लेभलान्डको इतिहासलाई पछ्याउँदै ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पुनः अमेरिकाको ४७औँ राष्ट्रपति हुँदै छन् ।