सन् १८९५ : स्विडिस रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्युपछि आफ्नो सम्पत्ति वार्षिक रूपमा भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति क्षेत्रमा सबैभन्दा ठुलो योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरियोस् भन्ने इच्छापत्रमा यसै दिन हस्ताक्षर गरे । यही इच्छापत्रअनुसार १९०१ बाट नोबेल पुरस्कार दिन थालियो ।
सन् १०९५ : पोप अर्बान द्वितीयले पवित्र भूमि जेरुसेलमलाई मुस्लिम शासकको नियन्त्रणबाट फिर्ता लिन आह्वान गरे । यसले पहिलो ‘क्रुसेड’लाई प्रेरित गर्यो ।
सन् १८०७ : नेपोलियनको फौज राजधानीनजिकै आएपछि पोर्चुगलको शाही परिवार र करिब १५ हजार शीर्ष अधिकारी दक्षिण अमेरिकामा रहेको पोर्चुगिज उपनिवेश ब्राजिलतर्फ भागे ।
सन् १९७० : सिरिया लिबिया, इजिप्ट र सुडानबिच संघीय राष्ट्र बनाउने दिशामा अघि बढ्ने प्रयासमा जोडियो ।
सन् १९७८ : टर्कीभित्रका कुर्दिस जातिको बसोवास रहेको क्षेत्रलाई अलग राष्ट्र बनाउने उद्देश्यले कुर्दिस्तान श्रमिक पार्टी अर्थात् ‘पार्टी कारकेरानी कुर्दिस्तान’ (पीकेके)’को स्थापना भयो ।
सन् २००१ : हबल स्पेस टेलिस्कोपले सौर्यमण्डलबाहिर (ओसिरिस ग्रहमा) पहिलोपटक हाइड्रोजनयुक्त वायुमण्डल पत्ता लगायो ।
सन् २००६ : क्यानडाका प्रधानमन्त्री स्टेफन हार्परले अघि सारेको ‘केइबेक्वालाई (क्विबेक क्षेत्रका फ्रान्सेली भाषी नागरिक) एकीकृत क्यानडाभित्रै एक राष्ट्रका रूपमा स्विकार्ने’ प्रस्ताव तल्लो सदनले पारित गर्यो ।
सन् २०१३ : ग्रिस ‘एमएससिआई इन्डेक्स’का आधारमा विकसित अर्थतन्त्रबाट उदीयमान अर्थतन्त्रमा घटुवा हुने पहिलो अर्थतन्त्र बन्यो ।