१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २१ बुधबार १५:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको ऐतिहासिक पुनरागमन

सिनेट मात्रै होइन, हाउस अफ रिप्रिजेन्टेटिभमा पनि रिपब्लिकनकै बहुमतको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १५:२८:oo

अमेरिकी राष्ट्रपतीय निर्वाचनको जारी मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा चयन हुन आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरेका छन्।

ट्रम्पको पक्षमा २६६ इलेक्टोरल कलेज आइसकेको छ भने अन्य ४६ इलेक्टोरल मतमा पनि उनको उल्लेख्य अग्रता छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल कलेजको बहुमत २७० इलेक्टोरल भोट प्राप्त गर्नुपर्ने हुन्छ।

रिपब्लिकन पार्टीले ५१ स्थानमा जित हासिल गर्दै सिनेटमा बहुमत हासिल गरिसकेको छ भने हाउस अफ रिप्रिजेन्टेटिभमा पनि २०० स्थानमा जित हासिल गरिसकेको छ। हाउसमा बहुमत पुर्‍याउन २१८ स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ।