१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ कार्तिक २१ बुधबार ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ र तिहारमा सुदूरपश्चिमबाट ३९६ जुवाडे पक्राउ, २९ लाखभन्दा बढी रकम बरामद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार ११:३४:oo

प्रहरीले यस वर्ष दसैँ, दीपावलीका वेला सुदूरपश्चिम प्रदेशबाट ३९६ जुवाडे पक्राउ गरेको छ। प्रहरीले ५० दिनको अवधिमा ३९६ जुवाडेबाट २९ लाखभन्दा बढी रकम बरामद गरेको जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार १ असोजदेखि चाडबाड सुरक्षा योजना लागू भएपछि २० कात्तिकसम्मको अवधिमा प्रदेशका ६ जिल्लाबाट जुवाडेसहित जुवाखालबाट नगद रकम, तास बरामद गरेको जनाएको छ। प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ र डोटीबाट जुवाडे पक्राउ गरिएका छन् । 

दार्चुला, बैतडी र बाजुराबाट एक जुवाडे पनि पक्राउ परेका छैनन् । सबैभन्दा बढी कैलालीबाट जुवाडे पक्राउ परेका छन् ।

१८४ जुवाडेबाट ११ लाख, नौ हजार ९०८ रुपैयाँ, कञ्चनपुरबाट १५९ जुवाडेको साथबाट ११ लाख ९० हजार ४५२ रुपैयाँ, डडेल्धुराबाट २८ जुवाडेको साथबाट चार लाख ४१ हजार ८६९ रुपैयाँ, डोटीबाट १२ जुवाडेको साथबाट १२ हजार ८१०, अछामबाट नौ जुवाडेको साथबाट ८६ हजार ८५ र बझाङबाट पाँच जुवाडेको साथबाट ६६ हजार १३० रुपैयाँ बरामद गरेको छ । प्रदेश प्रहरीकाे तथ्यांकअनुसार कैलाली र कञ्चनपुरमा बढी जुवा हुने गरेको देखिएको छ।