मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Friday, 27 December, 2024
२o८१ कार्तिक २० मंगलबार o९:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर अस्पतालमा ‘निलो रुख’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o९:३८:oo

मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रुख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रुख स्थापना गरिएको हो ।
 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रुख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ । ‘हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरूमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ,’ उनले भने, ‘कतिपय मानसिक स्वास्थ्यबारे खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।’

कार्यक्षेत्रहरूमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने संकेत गर्न निलो रुख स्थापना गरिएको प्रा.डा. पौडेलले बताए । उनका अनुसार अस्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले सुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो । 

अस्ट्रेलियन जेडेन ह्वाइटले सन् २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यबारे खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रुखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको थियो ।