पोखरीमा कार खस्दा दुईजनाको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका– २ मियाखोरस्थित पोखरीमा लु.२च ६७५८ नम्बरको कार खसेको हो ।
कारभित्र रहेका महोत्तरी गौशालाका ३७ वर्षीय सुरेश महतो र महोत्तरी सोनामाका ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । महतो कारचालक हुन् ।
कारमा तीनजना सवार रहेकोमा ३७ वर्षीय जनक यादव भने सकुशल निस्कन सफल भएका थिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरीमा डुबेका दुईजनाको शव निकालेको हो । कार पनि निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।