मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Wednesday, 02 September, 2026
२o८१ कार्तिक १९ सोमबार १o:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार १o:५१:oo

नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्क बाइपास रोडनजिक भे.६प ८०२ नम्बर र ज.३प ७१७१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा  नेपालगन्ज– ६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।

उनका अनुसार उक्त दुर्घटनामा नेपालगन्ज– ११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन् । घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । 
 
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलचालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकामा चिकित्सकले कसौधनलाई गएराति नै मृत घोषणा गरेका थिए । लखनउ रेफर गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले प्रमुख पन्तले बताए ।