१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Saturday, 02 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १७ शनिबार o९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्ह: पूजा नेवार समुदायको मौलिक र महत्त्वपूर्ण पर्व : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा नेपाल संवतकाे नयाँ वर्षको शुभकामना  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार o९:१७:oo

प्रधानमन्त्री केपी ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्त्वपूर्ण पर्व भएको बताएका छन् ।

नेपाल संवतकाे नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुवात गर्ने राष्ट्रिय विभूति शंखधर साख्वाप्रति सम्मान पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल संवतको नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुवातकर्ता विभूति शंखधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना ।’