१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Saturday, 02 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १७ शनिबार o८:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हङकङ सिक्सेस : नेपालद्वारा अस्ट्रेलिया ११ रनले पराजित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार o८:२२:oo

नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ६ ओभरमा एक सय रनमा समेटियो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा चार चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै, एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए ।     

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी, लोकेश बमले ३३, राशिद खान र विवेक यादवले समान १२–१२ रन बनाए । अस्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।