१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार २१:५२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि १० कृति छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार २१:५२:oo

‘विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि १० कृति छनोट भएका छन्। सुनसरीको धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले एक सय एक कृतिमध्येबाट १० कृतिको सूची शुक्रबार सार्वजनिक गरेको हो।

पुरस्कारका लागि दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखनको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निवन्ध संग्रह चियागफ र मञ्जुला तामाङ सुब्बाको कविता संग्रह कुहिरोभित्र घुम जोरबङ्गलो छनोटमा परेका हुन्।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार १० कृतिमध्ये एउटा कृतिलाई ताम्रपत्रसहित ०८० को ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ छ।

त्यस्तै, पुस्तकालयले राष्ट्रिय कविता महोत्सवका लागि पनि प्राप्त ८१ मध्ये १० कविता पनि छनोट गरेको छ। खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार र मोरङका समीक्षा छिलिङ राईको फूल र म छनोटमा परेका छन्।

इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैंचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मग्रातीको देशमा मेरो अनुहार पनि उत्कृष्ट १० कविताको सूचीमा छन्।

उत्कृष्ट कवितामध्ये प्रथमलाई नगद २१ हजार, द्वीतियलाई १८ हजार  र तृतीयलाई १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ। राष्ट्रिय कविता महोत्सव ३३ वर्षदेखि आयोजना हुँदै आएको छ ।