१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Friday, 08 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २४ बिहीबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकका ग्राहकलाई समाज डेन्टलको १५ प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार ११:२३:oo

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले समाज डेन्टल अस्पतालका विभिन्न स्थानमा रहेका क्लिनिकमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसका लागि बैंक र अस्पतालबिच सम्झौता भएको हो । सम्झौताअनुसार अस्पतालको विविध सेवाशुल्कमा लाग्ने शुल्कमा बैंकका कर्मचारीलाई विल रकमको १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशतले छुट हुने भएको छ । 

यसबाट बैंकमा कार्यरत कर्मचारी र बैंकका ग्राहकले काठमाडौंस्थित नयाँबानेश्वर, वसुन्धरा, पेप्सीकोला, जोरपाटी, सीतापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुरस्थित जावलाखेल, इमाडोल र काभ्रेपलाञ्चोकस्थित बनेपामा रहेका समाज डेन्टल अस्पतालका क्लिनिकले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उपचार सेवा लिन सक्ने छन् ।