मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १६ बुधबार o५:५१:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफलताको पाठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार o५:५१:oo

इमरानले बडो उत्साहसाथ एक नयाँ व्यापार सुरु गरे । तर, केही महिनापछि घाटा लागेका कारण उनले व्यापार बन्द गरे । व्यापार बन्द गरेपछि उनी उदास रहन थाले । उनले अर्को कुनै काम सुरु गर्न पनि सकेनन् । इमरानको यस्तो अवस्थाबारे उनको स्कुलका एक शिक्षकले थाहा पाए । शिक्षकले उनलाई आफ्नो घर बोलाए । इमरान शिक्षकको घर पुगे । शिक्षकले उनको उदासीको कारण सोधे । उनले व्यापारमा घाटा लागेर व्यापार छाड्नुपरेको हुनाले आफू तनावमा भएको बताए । शिक्षकले भने– व्यापारमा घाटा लाग्दैमा चिन्ता किन ? अर्को सुरु गरेको भए भइहाल्थ्यो नि ! इमरानले दुःखी हुँदै भने– त्यति धेरै मिहिनेत गर्दा त व्यापार चलेन भने अब अर्को सुरु गरेर थप तनाव किन बढाउनु ? 

शिक्षकले इमरानलाई आफ्नो करेसाबारीमा लिएर गए । उनले मरिसकेका गोलभेँडाका बोट देखाउँदै भने– यिनलाई हेर त इमरान ! इमरानले भने– मरिसकेका बोट हेरेर के फाइदा सर ? शिक्षकले गम्भीर हुँदै भने– मैले यिनलाई रोप्दा मल, पानी, कीटनाशक आदि केहीमा पनि कमी गरेको थिइनँ । तैपनि, यी मरे । तिमीले जतिसुकै प्रयास गरे पनि सफलता तिम्रो हातमा हुँदैन । तर, सफलता हात लागेन भन्दैमा कर्म गर्न छाड्न भने हुँदैन । 

इमरानले भने– जब सफलता सुनिश्चित छैन भने मिहिनेत गरेर समय किन खेर फाल्नु ? शिक्षकले उनलाई सम्झाउँदै भने– सबैले यही सोच्छन् र त थप सफलताको ढोका बन्द गर्न पुग्छन् नि ! इमरानले भने– तिनले ठिकै त गरे नि सर ! जब यति ठुलो लगानी, मिहिनेत र समय खर्चिंदा पनि सफलता हात लाग्दैन भने बेकारको प्रयास किन गर्नु त ? 

शिक्षकले उनलाई एउटा कोठाको ढोका खेलेर भित्र देखाए । त्यहाँ राताराता निकै लोभलाग्दा ताजा गोलभेँडा थुपारिएका थिए । इमरानले सोधे यी गोलभेँडा कहाँबाट आए सर ? शिक्षकले भने– सबै गोलभेँडाका बोट मरेका थिएनन् । कर्म जारी राख्ने हो भने सफलता असम्भव छैन । कर्म सुरु गर्नुअगावै हार स्विकारेर बस्ने हो भने तिम्रा सफलताका सबै ढोका बन्द हुँदैनन् ? शिक्षकको इसारा बुझेर इमरान नयाँ जोसका साथ त्यहाँबाट बिदा भए ।