१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १६:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १६:१३:oo

बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सरकार गठन भएको झन्डै दुई महिनापछि आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

प्रदेश सभा भवनमा भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ, सत्तासाझेदार दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, विपक्षी दल राप्रपाको संसदीय दलका नेता उद्धव थापालगायतको उपस्थिति थियो।

६७ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेश प्रहरी ऐन, अनुसन्धान ब्युरो स्थापना, निजामती कर्मचारी ऐन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिने, फजुल खर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गरिनेलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।

यसैगरी संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइनुका साथै तीन वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिने न्यूनतम साझा कार्यक्रममा समेटिएको छ ।

हेर्नुस् पूर्णपाठ :