Skip This
माओवादीप्रति जनताको आकर्षण बढेको छ : उपमहासचिव पुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ भदौ ३० आइतबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीप्रति जनताको आकर्षण बढेको छ : उपमहासचिव पुन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १४:१९:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी जनताको बिचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताए।

माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र संख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता पुनले आगामी दिनमा आफूहरू थप सबल र सक्षम बन्ने विश्वास व्यक्त गरे। नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उनले सचेत गराए।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्रान्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो।

भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ। कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।