Skip This
चितवनका इँटा उद्योग बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
रासस चितवन
२o८१ भदौ ३० आइतबार १३:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चितवनका इँटा उद्योग बन्द

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १३:५९:oo

गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चितवनका सबै इँटा उद्योग बन्द भएका छन्। २० वर्षअघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै बन्द भएका हुन्।

नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः संख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन्। गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन्। 

‘गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ,’ उनले भने। एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौँ मजदुरको रोजीरोटी बन्द भएको र करोडौँ रुपैयाँ उद्योगले नोक्सान व्यहोरेको बताए।

चितवनको इँटा राम्रो इँटाको रूपमा चिनिन्थ्यो। चितवन र छिमेकी जिल्लामा यहाँको इँटा जाने गर्दथ्यो। अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इँटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ। 

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इँटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नुलगायतका कारण उद्योग बन्द भएका हुन्।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इँटा उद्योग संघ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउँछन्। यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ। जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रूपमा इँटा उद्योग सञ्चालनमा थिए।