१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १९ बुधबार o९:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ओलम्पिक पदक विजेता पलेसालाई नगर परिक्रमासहित भव्य स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार o९:३१:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई बुधबार नगर परिक्रमासहित भव्य स्वागत गरेको छ । 

पेरिस पारा ओलम्पिकमा तेक्वान्दोअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी पलेसा बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन्। काठमाडौं आएसँगै कीर्तिमानी खेलाडीलाई नगर परिक्रमा गराएर स्वागत गरिएको छ ।

यस कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेप सदस्यसचिव टंकलाल घिसिङलगायत राखेपका अधिकारी सहभागी थिए । पारा ओलम्पिक टोलीलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्‍याइएकाे छ ।