१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १० सोमबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकास र समृद्धिका लागि जंगी सुधार आवश्यक : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १८:१९:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि जंगी सुधार आवश्यक रहेको बताएका छन्।

एमाले केन्द्रीय प्रचार विभागको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। क्रान्तिमा च्याम्पियन भए पनि लोकतन्त्रको व्यवस्थापनमा केही कमजोरी रहेको पोखरेलको भनाइ थियो।

जनमतकै आधारमा जंगी सुधार गर्न सकिने भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा जंगी सुधारका कार्य अघि बढाएको स्मरण गराए। त्यति वेला जंगी सुधारको अभियानका विरुद्धमा सिन्डिकेट चलाइरहेकाहरू, ठेक्कापट्टाका काम गर्नेहरू र सुधारका अभियानबाट आफूलाई घाटा हुन्छ भन्ने ठान्नेहरू बलशाली भएर जनतालाई भड्काउने काम गरेर जंगी सुधारमा अवरोध गरेको जिकिर गरे।

महासचिव पोखरेलले वित्तीय पुँजीवादको होडबाजीले दक्षिण एसियाको राजनीतिमा उथलपुथल भएको पनि स्मरण गरे। उनले व्यापारिक स्वार्थको टकरावलाई राजनीतिक चस्माले हेर्दा पनि थप समस्या भएको उल्लेख गरे।

राजनीतिमा वैकल्पिक शक्ति भन्ने मनोगत कुरालाई नयाँ र स्वतन्त्र हुँ भन्नेहरूको आर्थिक, सामाजिक जीवनमा देखिएको छताछुल्ल अवस्थाले बिस्तारै तोड्दै गएको पोखरेलको दाबी छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अयोग्य मान्छेलाई योग्य प्रमाणित गराउन खोज्ने र असललाई खराब देखाउन खोज्ने प्रवृत्ति दुवैले दीर्घकालमा असर गर्ने उनले प्रस्ट पारे।