मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २८ सोमबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण २८ सोमबार o८:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उत्पादन र रोजगारी वृद्धिमा ध्यान दिन लुम्बिनी सरकारलाई प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण २८ सोमबार o८:३४:oo

प्रधानमन्त्री केपी ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिए ।

‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ । मिहिनेत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधार छन्,’ उनले भने, ‘यस्ता काममा हाम्रा राजनीतिक दलका संगठन र कार्यकर्ता पनि लाग्नुपर्छ । तिनीहरूले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ । हामीहरू नियुक्तिमा को जाने–नजाने खालको साना विषयमा अल्झनु हुँदैन । देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।’

अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ/तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न निर्देशनसमेत दिए । अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उनले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्ने प्रश्न पनि गरे । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति/सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गरे । मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा रहेको बताए ।