मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Wednesday, 15 January, 2025
२o८१ श्रावण १९ शनिबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार ११:४२:oo

चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ। देशको मध्यभागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन्। 

बर्खामा तराईमा बढी मात्रामा सर्पदंशको जोखिम रहने गर्दछ। भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादिन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ। उनीहरूको उपचारमा सफलता प्राप्त भएको उनले बतायो। यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ। 

प्रमुख मियाँले भने, ‘नवलपुरका एक बालकको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो। अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ।’ यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन्।

सर्पले डसेर आएका बिरामीलाई उच्च निगरानीमा राखेर उपचार गरिने उनले बताए। आकस्मिक कक्षबाटै सर्पदंशको उपचार सेवा दिइँदै आएको छ। सर्पदंशका बिरामीको उपचार गर्न अस्पतालको सघन उपचार कक्षमा छुट्टै शय्या राखिएको छ। हाल अस्पतालको सघन उपचार कक्षमा तीन सर्पदंशका बिरामीको उपचार भइरहेको प्रमुख मियाँले बताए।