मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १९ शनिबार १o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आर्थिक परिवर्तनका लागि कांग्रेस - एमाले सरकार : उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार १o:१३:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन्। शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  

यसअघि छिटो-छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाइ थियो। ‘राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत् रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘जिम्मेवारी ठूलो छ। त्यसमा तपाईंहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।’  

नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक  मामिलामन्त्री बनेकामा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो।