नेकपा (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। उपाध्यक्ष सुभासचन्द्र नेम्वाङको निधन भएपछि उक्त पद रिक्त थियो।
बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ। रासस