मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २६ बुधबार
  • Thursday, 02 January, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८१ असार २६ बुधबार १५:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सनबोरा नदीको झोलुंगे पुल बाढीको उच्च जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २६ बुधबार १५:१४:oo

तीन दिनदेखिको अविरल वर्षापछि सनबाेरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका– ३ र २ जोडने झोलुंगे पुल जोखिममा पारेको छ । वडा नम्बर ३ तर्फको पिल्लरनजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो ।

तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताए । ‘पुलनजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ,’ उनले भने, ‘तत्काल जोगाउन प्रयास थालिनुपर्छ ।’ वडा नम्बर २ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रूपमा उक्त झोलुंगे पुल रहेको उनले उल्लेख गरे । 

वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पुल जोखिममा परेको जानकारी नगरपालिकाको बिहीबार बस्ने विपत् व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने बताए ।  वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने उनले बताए । 

‘तटबन्ध निर्माणका लागि प्रदेश सरकारसँग माग गर्न ‘डेलिगेसन’सहित जाने कार्यक्रम छ,’ वडाध्यक्ष चौधरीले भने, ‘तत्काल पुल जोगाउन अस्थायी प्रबन्ध गर्न योजना बनाइरहेका छौँ । नगर तथा विपत् व्यवस्थापन समितिलाई तत्काल जानकारी गराउने छौँ ।’

स्याली र सनबाेरा नदीले वडाका अधिकांश खेतीयोग्य जग्गा कटान गरेको बताउँदै वर्षा पूरै बाँकी रहेको अवस्थामा थप कटान हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल भइरहेको उनकाे भनाइ छ । पुल ०७३ मा ७० लाखको लागतमा निर्माण भएको थियो । पुलको लम्बाइ सय मिटर छ ।