Skip This
टिभिएस  कल्टको दोस्रो वार्षिकोत्सव राइड  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार o९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिभिएस  कल्टको दोस्रो वार्षिकोत्सव राइड  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o९:५९:oo

 टिभिएस मोटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दोस्रो वार्षिकोत्सव राइड (यात्रा) सम्पन्न गरेको छ  । असार १५ को अवसरमा आयोजित कम्पनीको राइड टिभिएस सोरुम ब्रदर्स अटो प्वाइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रिम गार्डेन रिसोर्टमा पुगी सम्पन्न भएको बताइएको छ । यसमा ६० जना राइडरको सहभागिता रहेको र यीमध्ये एकजना महिला राइडरसमेत रहेको कम्पनीले जनाएको छ । 

सहभागीहरू चुनिखेल– १०, बुढानीलकण्ठमा गई धान रोपाइँ कार्यक्रममा पनि सहभागी भएका थिए । यात्रामा मार्सल मिलन घिमिरेले सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा सवारी गियरको तालिम प्रदान गरेका थिए ।

यो यात्रा अपाचे र रोनिन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण रहेको बताइएको छ ।रोनिन कल्ट रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागमा उत्कृष्ट स्टपिङ पावरसँगै राइडरको सुरक्षा सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यात्रामा राइडरले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारीसाधनका रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए । 

ad
ad
ad
ad