Skip This
कास्की र बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८१ असार २१ शुक्रबार o८:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कास्की र बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o८:o२:oo

कास्की र बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । बागलुङलाई बुधबार र कास्कीलाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । कास्कीका पाँचवटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कास्कीले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततापछि पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । यसअघि कास्कीलाई पहिलोपटक २७ असार ०७५ मा पूर्ण खोप घोषणा गरिए पनि नयाँ जन्मने तथा अन्यत्रबाट कास्की आई बसोवास गर्ने सवै बालबालिकाले पाउनुपर्ने खोप पाएको सुनिश्चित गर्ने गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलले जानकारी दिए ।

कास्कीका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय पोखराका प्रमुख बद्री आचार्यले जानकारी दिए । घरधुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका १४० जना बालबालिकालाई खोप लगाउने व्यवस्थासमेत मिलाइएको उनले बताए । १५ महिनासम्मका सात हजार २२७ जना बालबालिका र १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार ८४७ जना बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको उनको भनाइ छ ।

यस्तै, बागलुङका १० स्थानीय तहको ८५ वटै वडामा रहेका बालबालिकाले पाउनुपर्ने आवश्यक खोप पूर्ण रूपमा प्राप्त गरेसँगै बागलुङलाई बुधबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । 

जिल्लाभर १५ देखि ५९ महिनाका कुल १३ हजार ५६ बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार जन्मेदेखि १५ महिनाका चार हजार १९० बालबालिकाले हाल नियमित खोप प्राप्त गरिरहेका छन् । जिल्लामा कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट वञ्चित नहून् र यो कार्यक्रमको दिगोपना गर्न अझै सहज होस् भनेर प्रत्येक वर्ष घोषणा कार्यक्रम गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।

ad
ad
ad
ad