Skip This
हिजबुल्लाहद्वारा इजरायलमाथि सयौँ रकेट प्रहार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
बेरुत
२o८१ असार २१ शुक्रबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

हिजबुल्लाहद्वारा इजरायलमाथि सयौँ रकेट प्रहार

Read Time : > 1 मिनेट
बेरुत
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o७:४५:oo

लेबनानी समूह हिजबुल्लाहले आफ्ना एक वरिष्ठ कमान्डर मारिएपछि जवाफमा इजरायली सैन्य क्षेत्र लक्षित गरी २०० भन्दा बढी रकेट र ड्रोन प्रहार गरेको जनाएको छ । एक दिनअघि दक्षिणी लेबनानमा हिजबुल्लाह नेता मुहम्मद निमाह नासेरको हत्याको बदलामा इजरायली भूमिमा आक्रमण गरिएको समूहले जनाएको छ ।

हज अबु निमाह भनेर चिनिने नासेर इजरायलले गाजामा युद्ध सुरु गरेपछि लेबनानी सीमाक्षेत्रमा जारी इजरायल–हिजबुल्लाहबीचको छिटपुट भिडन्तमा मारिने तेस्रो उच्च अधिकारी हुन् । उनको मृत्युपछि बुधबार पनि हिजबुल्लाहले इजरायलतर्फ सयभन्दा बढी रकेट प्रहार गरेको थियो । समूहले आक्रमणलाई बिहीबार पनि निरन्तरता दियो ।

यो लेबनान–इजरायल सिमानामा अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण हो । समूहले बिहीबारको आक्रमणका क्रममा उत्तरी इजरायलमा अवस्थित सैन्य अखडामा समेत विस्फोटक ड्रोन पठाएको थियो । यसले दुई पक्षको तनाव निकै उच्च बनाएको छ । 

इजरायली सेनाले पनि लेबनानी भूमिबाट इजरायली क्षेत्रमा धेरै क्षेप्यास्त्र र शंकास्पद वस्तु प्रहार गरिएको स्विकार्‍यो । तथापि, अधिकांश प्रहार निस्तेज पारिएको र जवाफमा ‘दक्षिणी लेबनानका रकेट प्रक्षेपण क्षेत्रमा प्रहार गरेको’ इजरायली सेनाले दाबी गरेको छ । मिडियाका अनुसार कम्तीमा दुईवटा भवनमा प्रत्यक्ष प्रहार भएको थियो, जसमध्ये एउटा एकरमा र अर्को सो सहरको उत्तरमा ।

एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले उत्तरी इजरायलमा हल्का चोटपटक लागेका दुई महिलालाई अस्पताल लगिएको जानकारी दियो । सेनाका अनुसार मिसाइल प्रहार भइरहँदा उत्तरी इजरायलका नाहरियादेखि गोलानसम्मका विभिन्न भागमा ९० मिनेटमा १७ अलर्ट लगाइएको थियो । हिजबुल्लाह र इजरायली अधिकारीबीचको लडाइँ र चर्को बयानबाजीले पूर्णस्तरको युद्ध भड्किने जोखिमबीच अमेरिका, युरोपेली संघ र अरब व्यापक क्षेत्रीय द्वन्द्व रोक्न सक्रिय छन् । 

हेजबुल्लाहले प्यालेस्टिनी सशस्त्र समूह हमाससँगको ऐक्यबद्धतामा इजरायलमाथि प्रहार गरिरहेको जनाएको छ । अनुमानअनुसार सीमा झडपमा लेबनानतर्फ अहिलेसम्म कम्तीमा ४९६ जनाको ज्यान गएको छ, जसमा अधिकांश हेजबुल्लाहका लडाकु र ९५ सर्वसाधारण छन् । इजरायली पक्षमा भने अधिकारीहरूले कम्तीमा १५ सैनिक र ११ नागरिकको मृत्यु भएको बताएका छन् । 

ad
ad
ad
ad