Skip This
इतिहासमा आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २१ शुक्रबार o७:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o७:४o:oo

सन् १९९४ : जेफ बेजोसले अमेजन डट कम स्थापना गरे । बेजोसले एउटा कोठाबाट सुरु गरेको अमेजन हाल विश्वको सबैभन्दा ठूलो अनलाइन व्यवसाय बनेको छ भने बेजोस आफैँ यही व्यवसायबाट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

सन् १६८७ : प्रसिद्ध वैज्ञानिक आइज्याक न्युटनको सबैभन्दा चर्चित कृति प्रिन्सिपियालाई रोयल सोसाइटीले प्रकाशित गर्‍यो । 

सन् १८११ : भेनेजुयलाले स्पेनको शासनबाट स्वतन्त्र भएको घोषणा गर्‍यो । 

सन् १८३० : फ्रान्सले उत्तर अफ्रिकी मुलुक अल्जेरियामाथि नियन्त्रण कामय गर्दै औपनिविशेक शासन सुरु गर्‍यो । संयोग सोही दिन १३२ वर्षपछि अल्जेरिया लामो संघर्षपछि फ्रान्सबाट स्वतन्त्रता हासिल गर्‍यो । 

सन् १८६५ : अमेरिकाको वित्त मन्त्रालयअन्तर्गत रहने गरी अमेरिकामा गुप्तचर सेवा सुरु भयो । 

सन् १९३२ : पोर्चुगलमा प्रधानमन्त्री एन्टोनियो डे ओलिभियरा सालाजारको ३६ वर्षे लामो तानाशाही शासन सुरु भयो । 

सन् १९४५ : दोस्रो विश्वयुद्धमा बेलायतको नेतृत्व गरेका विस्टन चर्चिललाई हराउँदै क्लिमेन्ट एट्ली नेतृत्वको लेबर पार्टीले आमनिर्वाचन जित्यो । 

सन् १९४८ : क्लिमेन्ट एट्लीको सरकारले हालको चर्चित बेलायतमा ‘नेसनल हेल्थ सर्भिस(एनएचएस)’ स्थापनाको घोषणा गरे । 

सन् १९५० : इजरायलले एक कानुन पास गर्दै सबै यहुदी इजरायल आएर बाँच्न पाउने अधिकार सुनिश्चित गरे । 

सन् १९५४ : बिबिसीले पहिलोपटक टेलिभिजन न्युज बुलेटिन प्रसारण गर्‍यो । 

सन् १९७१ : अमेरिकाको संविधानको २६औँ संशोधनमार्फत निर्वाचनमा भोट हाल्न पाउने उमेर २१ बाट घटाएर १८ बनायो । 

सन् १९७५ : पाकिस्तानी सेना प्रमुख मोहम्मद जिया उल–हकले कुमार्फत सत्ता हत्याए । 

सन् २००३ : २६ देशमा फैलिएर ७७४ को ज्यान लिएको सार्स (सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम) ‘नियन्त्रणमा आएको’ विश्व स्वास्थ्य संगठनको घोषणा । 

सन् २०२३ : फेसबुकको मातृर्सस्था मेटाले इन्स्टाग्रामसँग जोडेर नयाँ एप थ्रेड सार्वजनिक गर्‍यो । एक दिनमै यो तीन करोड डाउनलोड भएर सबैभन्दा छिटो डाउनलोड हुने एप बन्यो । 
 

ad
ad
ad
ad