Skip This
एसइई नतिजा : रिटोटलिङका लागि १० हजार निवेदन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असार २१ शुक्रबार o७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एसइई नतिजा : रिटोटलिङका लागि १० हजार निवेदन

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o७:३१:oo

महाश्रम शर्मा, अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड : रिटोटलिङ गर्नुपर्‍यो भनेर दश हजारभन्दा बढीले निवेदन दिनुभएको छ, अझै पनि निवेदन आउने क्रम जारी छ । उहाँहरूको उत्तरपुस्तिका तथा विवरण फेरि एकपटक चेकजाँच हुन्छ । यसको नतिजा १५–२० दिनभित्र दिन्छौँ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एनजी अर्थात् अनुत्तीर्ण भएकामध्ये दश हजार विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको लापरबाहीले एसइईमा अनुत्तीर्ण भएको भन्दै परीक्षार्थीले उत्तरपुस्तिका तथा ग्रेडिङ नम्बर पुनः परीक्षणको माग राख्दै निवदेन दिएका हुन् । 

बोर्डका अनुसार दैनिक करिब दुई हजारको संख्यामा रिटोटलिङका लागि निवेदन आइरहेको छ । यसपटक विद्यार्थीले अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसकारण धेरै विद्यार्थीले निवेदन दिएको बोर्डको बुझाइ छ ।

बोर्डमा अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाफल सार्वजनिक गरेको भोलिपल्टदेखि रिटोटलिङका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको थियो । १४ असारयता १० हजारले अनलाइन निवेदन दिएका हुन् । ‘रिटोटलिङ गर्नुपर्‍यो भनेर दश हजारभन्दा बढीले निवेदन दिनुभएको छ, अझै निवेदन आइरहेको छ, । अब उहाँहरूको उत्तरपुस्तिका तथा विवरण फेरि एकपटक चेकजाँच हुन्छ, प्राविधिक गल्ती वा मिसिङ पनि भएको हुन सक्छ,’ उनले भने, ‘अनलाइनबाट निवेदन दिने व्यवस्था गरिएकाले धेरैले निवेदन दिनुभएको छ, यसको नतिजा १५–२० दिनभित्र दिन्छौँ ।’ 

बोर्डले एसइईको नतिजा सार्वजनिक भएको १५ दिनसम्म रिटोटलिङका लागि निवदेन दिन सकिने सूचना जारी गरेको छ । हालसम्म निवेदन दिएकामध्ये सबैभन्दा धेरै गणित, सामाजिक, विज्ञान र नेपाली विषयका छन् । बोर्डको समग्र नतिजाअनुसार पनि यी विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । 

बोर्डले गत बिहीबार नतिजा सार्वजनिक गरेको थियो । जसमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । आफूले राम्रो गर्दागर्दै पनि अनुत्तीर्ण भएको भन्दै केही विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका हुन् । एसइईमा ५२.१३ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल अर्थात् ननग्रेड (एनजी) (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएका थिए ।

शिक्षा मन्त्रालयले एसइईमा एनजी अर्थात् अनुत्तीर्ण भएका सबैले पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बोर्डले पूरक परीक्षाको तालिकासमेत सार्वजनिक गरिसकेको छ । शिक्षा मन्त्रालयले अनुत्तीर्ण तथा एनजी आएका विद्यार्थीलाई त्रिविसँग समन्वय गरेर कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुसार ७७ वटै जिल्ला शिक्षा समन्वय इकाईलाई शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ ।

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयले परियोजनामा सहभागी गराउने 
शिक्षा र ऊर्जा मन्त्रालयबीच सिटिइभिटी (प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिमका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिससिप मोडेलमा सहभागी गराइनेछ । बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक समारोहमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले नेपालको शिक्षाले श्रमबजारको मागअनुसारको सीप दिन सक्नुपर्ने बताइन् । ‘सोह्रौँ योजनाले पनि ७०–३० अर्थात् ७० प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत नियमित शिक्षामा जानुपर्ने भनेको छ । हाम्रा युवाहरूलाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ,’ मन्त्री श्रेष्ठले भनिन् । 

 

ad
ad
ad
ad