Skip This
सशस्त्र प्रहरीमा गोताखोरको संख्या ११० पुग्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीमा गोताखोरको संख्या ११० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o६:५३:oo

सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि.सं ५ गोताखोर तालिम बिहीबार १९ जनाले सम्पन्न गरेपश्चात् गोताखोर थपिएका हुन्।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तालिम समापन गर्दै प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान वीरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा बोल्दै उनले मनसुनजन्य विपत् सुरु भइसकेको अवस्थालाई ध्यानमा राखी सशस्त्र प्रहरी कर्मचारीहरूले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थितिअनुरूप परिचालित हुनुपर्ने बताए। 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले संगठनलाई प्राप्त जिम्मेवारीहरूमध्ये विपत् व्यवस्थापन पनि महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै यस तालिम शिक्षालयले विपत् व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भू–भागहरूमा घटेका विपत्का घटनाहरूमा सक्रिय भई खोज तथा उद्धार कार्य गरिरहेको बताए ।

पाँच हप्ता अवधिको उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा अभ्यास गराइएको सशस्त्र प्रहरी बलले जनाएको छ । हाल मनजुनजन्य विपत्का घटना बढेसँगै हालै तालिम गरेका गोताखोरलाई विभिन्न जिल्लामा खटाउने सशस्त्र प्रहरीको तयारी छ ।

ad
ad
ad
ad