१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o८:o७:oo

नयाँ गठबन्धन बन्दै गरेको अवस्थालाई कसरी हेर्नुभएको छ ?
राजनीति सम्भावना र समीकरणको खेल हो । हाम्रो संसद्मा रहेको अहिलेको अंकगणितले बहुसम्भावनाहरूको ढोका खुला राखिरहेकै छ । पछिल्लो समयमा राजनीतिक स्थिरता दिने, संविधान संशोधन गर्ने, साना दलहरूको बार्गेनिङ निस्तेज गर्नेलगायत विकसित ऐजेन्डाहरूले गर्दा दुई ठूला दल एकै ठाउँमा उभिएर सँगै सरकारमा बस्ने स्थिति बनेको हो । 

दुई ठूला दलको गठबन्धनले राजनीतिमा कस्तो प्रभाव पार्ला ?
०४६ पछिको राजनीतिक यात्रालाई नजिकबाट नियाल्दा मुख्य गरी कांग्रेस र एमाले नै आलोपालो सत्तामा रहे । पछिल्लो समयमा माओवादी पनि त्यसमा धेरथोर मिसिए पनि सत्ताका मुख्य सारथी कांग्रेस र एमाले नै रहे । यसको प्रभाव तलदेखि माथिसम्मै देखिन्छ पनि । जिल्लामा जाँदा सिडिओ, डिएसपी आदि कि कांग्रेस हुन्छन्, कि एमाले । जिल्लादेखि सर्वोच्चसम्मका अधिकांश न्यायाधीश पनि कि कांग्रेस कि एमाले नै छन् । निर्वाचन आयोगदेखि अख्तियार या अन्य संवैधानिक निकायमा पनि त्यस्तै अवस्था छ । यस्तोमा दुई ठूला दल सरकारमा सँगै रहँदा देशभर भइरहेको राजनीतिकरण थप संस्थागत बन्नसक्ने खतरा भने देखिन्छ । 

संविधान संशोधनलगायत विषयमा भएको भनिएको सहमतिको प्रभाव कस्तो होला ?
दुई ठूला दल मिलेर संविधान संशोधन गर्ने सहमति गरेको चर्चा बाहिर आएको अवस्थामा यसले आगामी यात्रा थप घर्षणपूर्ण हुने संकेत गर्छ । संविधान संशोधनले समावेशिता, संघीय अभ्यास, धर्मनिरपेक्षताजस्ता मौलिक पक्षलाई राजनीतिक स्थिरताका नाममा थप संकुचित गर्न खोजिएमा भोलिको यात्रा थप चुनौतीमय हुन सक्छ । 

ad
ad
ad
ad