१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ सरकार कुन धाराअनुसार ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o६:४८:oo

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले बहुमत गुमाउँदै सदनमा विश्वासको मत नपाएपछि यो सरकार ढल्नेछ । र, नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ । तर, धारा ७६ को कुन उपधाराअनुसार सरकार गठन हुन्छ भन्नेमा कानुनविद्हरूका फरक–फरक तर्क छन् । उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार र उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ । 

पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले अब कुन धाराअनुसार सरकार गठनको आह्वान भन्ने राष्ट्रपतिको विवेकमा भर पर्ने बताए । ‘सरकार गठनको प्रक्रिया यसै भन्न सकिन्न । ७६ (२) को सरकारले विश्वासको मत गुमाएपछि संविधानअनुसार जानुपर्ने ७६ (३) मै हो । तर, कोशीमा सर्वाेच्चको फैसलाका कारण अन्योल छ । यो राष्ट्रपतिको विवेकमा भर प¥यो । २ वा ३ दुवै उपधारामा आह्वान हुन सक्छ,’ उनले भने ।    

संविधानविद् भीमार्जुन आचार्यले सर्वाेच्चको फैसलाले उपधारा २ वा ३ मा दुवै धारामा आह्वान गर्ने ठाउँ दिएको बताए । ‘संविधानको सीधा अर्थ ७६ (२) पछि ७६ (३) र त्यसपछि ७६ (५) हो । तर, कोशी प्रदेशको सरकार गठनमा सर्वाेच्च अदालतले दुइटा फरक फैसला गरेको छ । उज्ज्वल थापाको निवेदनमा १६८ (२) को सरकार ढलेपछि अर्काे सरकार पनि १६८ (२) अनुसार नै बन्न सक्छ भनेको छ । अर्काे निवेदनमा १६८ (२) पछि १६८ (३)मा जान सकिन्छ भनेको छ । सर्वाेच्चको फैसलाले उपधारा २ वा ३ मा दुवै धारामा आह्वान गर्ने ठाउँ दिएको छ,’ उनले भने । 

ad
ad
ad
ad