१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

वायुसेवा निगमको गरिमा जोगाउन संकल्प गरौँ : मन्त्री तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:५६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेवानि)को गरिमा रक्षा गर्न सबैले संकल्प गर्नुपर्ने बताएका छन् । निगमको ६६औँ वार्षिकोत्सव कार्यक्रममा सोमबार उनले निगमको व्यावसायिक क्षमता अभिवृद्धिमा ठोस योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

‘निगमको ६६ वर्षको गर्विलो इतिहास छ, इतिहासको लामो कालखण्डमा विभिन्न आरोह–अवरोह पार गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ,’ मन्त्री तामाङले भने, ‘निगमको हितमा हुने कार्यमा आफ्नो सधैँ साथ रहनेछ, सबैले एकसाथ इमानदारीपूर्वक काम गरे मात्र निगमले प्रगति हासिल गर्न सक्छ ।’

१७ असार ०१५ मा स्थापित निगम नेपालको पहिलो वायुसेवा प्रदायक हो । यसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकसहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।

डगलस डिसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यहरूमा उडान सुरु गरेको थियो । ०१७ सालमा पिलाटस पोर्टर र ०१९ सालमा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ–२ हार्वेस्टर विमानबाट निगमले देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडेको थियो । 

ad
ad
ad
ad