१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

गँड्यौला मलको व्यावसायिक उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:१५:oo

गुल्मीमा पहिलो पटक गँड्यौला मल (भर्मी कम्पोस्ट)को व्यावसायिक उत्पादन सुरु भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक तथा प्राविधिक सहयोगमा धुर्कोट गाउँपालिका– ५ र इस्मा गाउँपालिका– ५ संगमस्थल हुलाकेमा उद्योग नै स्थापना गरेर गँड्यौला मलको उत्पादन सुरु गरिएको हो । उद्योगको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरे ।

धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले ५.५ मिटर लम्बाइ, १ मिटर चौडाइ, ०.५ मिटर गहिराइ भएका नौवटा गँड्यौला मल क्यारीमार्फत उत्पादन सुरु गरेको छ । यसका लागि कृषि ज्ञान केन्द्रले बोरा सिलाउने मेसिन, डिजिटल काँटा, टहरा मर्मत, उद्योग धेराबार, लेबलिङ तथा प्याकेजिङका लागि ५, १० र २५ किलोका बोरा छपाइमा सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

उद्योगको लागत कुल पाँच लाख ८० हजार ६ सय ६८ रुपैयाँ रहेको छ । पहिलोपटक प्रतिकिलो ३० रुपैयाँका दरले २६ क्विन्टल गँड्यौली मल बिक्री भएको धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मका अध्यक्ष खिमानन्द भण्डारीले जानकारी दिए । उनले मागका आधारमा उत्पादन हुने भएकाले बिक्री नहुने अवस्था नरहेको बताए ।

धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले उत्पादन गरेको मललाई काठमाडौं मैतीदेवीमा रहेको आस्था साइन्टिफिक रिसर्च सर्भिस प्रालिले परीक्षण गरेपछि मात्रै प्याकेजिङ गरिएको हो । यो परीक्षण र प्याकेजिङ गरी बजारमा ल्याइएको गुल्मीमा पहिलो उद्योग भएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । 
केन्द्रले धुर्कोट– १ नयाँ गाउँको कालीकोटे बहुउद्देश्यीय कृषि फर्मलाई पनि चारवटा क्यारी निर्माण गरेर गँड्यौल मल उत्पादन गर्न एक लाख ५३ हजार सहयोग गरेको छ ।

ad
ad
ad
ad