१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ

सैदी पावर कम्पनीले एक लाख ७० हजार कित्ता आइपिओ जारी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:२२:oo

सैदी पावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन हुनेछ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा सैदी पावरका सञ्चालक समिति अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कास्कीमा रहेको सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बाँस्कोट सबस्टेसनमा जडान गरी बिक्री कार्य भइरहेको छ । 

ad
ad
ad
ad