१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
२o८१ असार १४ शुक्रबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा बजेटमाथिको छलफल असार तेस्रो सातादेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o७:२६:oo

बिचौलियाको सेटिङमा बजेट आएको भन्दै एमालेनिकट अनेरास्ववियुद्वारा मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले गत १ असारमा आगामी वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेका थिए । बजेट सार्वजनिक भएयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । छाप्न ढिलाइ भएपछि सांसदलाई रातो किताब वितरण गर्न ढिलाइ भएको छ । बजेट भाषणपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । अर्को बैठकको मिति तय नभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बजेटमाथिको छलफल सुरु हुन अझै केही दिन लाग्ने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । १६–२० असारसम्म एकीकृत समाजवादीको महाधिवेशन हुँदै छ । एकीकृत समाजवादीकोे संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित सो पार्टीका प्रदेश सांसद महाधिवेशनमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनपछि बजेटमाथिको छलफल सुरु हुने बताइएको छ । 

असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । विगतमा पनि प्रदेश सरकारको बजेटमाथि असार अन्तिमतिर मात्रै सदनमा छलफल सुरु हुने गरेको थियो । आर्थिक मामिलामन्त्री पालले असार तेस्रो सातातिर बजेटमाछिको छलफल सुरु हुने बताए । ‘अहिले मुख्यमन्त्रीज्यू र धेरैजसो माननीयज्यूहरू बाहिर हुनुहुन्छ । २२–२३ असारतिर बजेटमाथि सदनमा छलफल सुरु होला,’ उनले भने । एकीकृत समाजवादीको महाधिवेशनलाई ध्यानमा राखेर सदनमा छलफल सुरु गरिने उनले बताए ।

सांसदलाई रातो किताब वितरण नहुँदै र मन्त्रालयले आफ्नो वेबसाइटमा नराख्दै बजेटको ‘डिजिटल कपी’ बाहिरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले पत्रकार सम्मेलन गरेरै यसबारे छानबिन समिति गठन गर्न माग गरेको छ । आर्थिक मामिलामन्त्री पालले भने सार्वजनिक भएकोप्रति आधिकारिक नभएको दाबी गरेका छन् । ‘बाहिरिएको रातो किताब आधिकारिक होइन, यो कसरी आयो भनेर छलफल गरिरहेका छौँ,’ उनले भने । यस्तै, बिचौलियाको सेटिङमा बजेट आएको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको छ ।      

ad
ad
ad
ad