१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई माधवले भने- संसद् विघटन ठीक थियो भन्नेले फेरि विघटन गर्न सक्छन्

‘एमाले विभाजनको औचित्य पुष्टी भइसक्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १७:४६:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले अब फेरि संसद् विघटन हुँदैन भन्न नसकिने भन्दै सचेत रहन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

विगतमा संविधान र आफूहरूको राजनीति जोगाउन एमाले फुटाउनुपरेको उल्लेख गर्दै उनले भने, ‘अहिले पनि खतरा छ, सम्माननीय प्रधानमन्त्रीज्यू। सुनिन्छ, विघटन गरेर ठीक गरियो भनेर पनि कतिपयले बोल्ने गर्छन्। हिजो विघटन गरेर ठीक गरियो भन्नेहरूले भोलि फेरि विघटन गर्देलान्, ख्याल गर्नुस्।’

एमाले विभाजन नगरेको भए आफू र आफ्ना कार्यकर्ता राजनीतिबाट पलायन हुने अवस्था आएको दाबी गर्दै अध्यक्ष नेपालले विभाजनको औचित्य पुष्टि भइसकेको बताए।
  
उनले भने, ‘संविधानलाई समाप्त पार्न खोजिएको थियो, त्यसलाई विफल पारियो। त्यही वेलामा पुष्टि भएको थियो, जति वेला हामीले यो पार्टी निर्माण गरेर आफ्ना कार्यकर्ताको रक्षा गरेका थियौँ। नत्र यी कार्यकर्ता निरास हुने थिए। हामी सबै समाप्त हुने थियौँ। हामीले यो राजनीतिबाट पलायन गर्नुपर्थ्याे, या आत्मसमर्पण गरेर बस्नुपर्ने हुन्थ्यो। हामीले त्यो बाटो रोजेनौँ। विद्रोहको औचित्य पुष्टि भएको छ, क्षणक्षणमा भएको छ।’

ad
ad
ad
ad