१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार १८ मंगलबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हिलोमै ढलान गरिँदै नारायणी सिँचाइकाे नहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १४:४२:oo

वीरगन्ज महानगरपालिका– १४ बहुवरीमा रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष ०८०/८१ को बजेट सकाउन नहरकाे विभिन्न ब्लकमा धमाधम हिलोमै ढलान गर्न थालेको छ। कार्यालयले आर्थिक वर्षको अन्त्यमा आएर पर्सा जिल्लाको तीनवटा ब्लकमा धमाधम हिलोमै ढलानको काम सुरु गरेको हो।

कार्यालयका अनुसार ब्लक नम्बर ४ एमएसी– १ अन्तर्गत प्रसौनी गेटको आसपासमा करिब नाै लाख रुपैयाँबराबरको ढलानको काम भइरहेको छ। यस्तै, ब्लक नम्बर ४ एमएसी– २ महुवन रामनगरी जाने बाटो र ब्लक नम्बर १ बिएसी– २ अन्तर्गत जानकी टोला सशस्त्र प्रहरी पोस्ट आसपासमा पनि ढलानको काम भइरहेको इन्जिनियर नवीन सिंहले जानकारी दिए।

उनका अनुसार जिल्लामा रहेको केही ब्लकमा केही समय अघिदेखि ढलानको काम गराउन कार्यादेश दिएकाले काम भइरहेको अवस्था छ। विभिन्न कारणले अहिले अलि छिटो काम भइरहेको भए पनि सबै ठाउँको काम कोटेसनमा दिएर गराउन थालिएको उनले बताए। इन्जिनियर सिंहले विभिन्न ब्लकका रहेका कृषक स्थानीयवासीलाई नै कोटेसनमा काम दिएर गराउन थालिएको बताए।

स्थानीय रामप्रसाद दासका अनुसार सिँचाइ कार्यालयले गत साता कार्यादेश दिएको भन्दै हतारहतार समिति बनाएर अहिले काम गरिरहेको छ। बजेट पाएपछि समिति दिनरात लगाएर थोरै दिनमा धेरै काम देखाउन लागिपरेको स्थानीयको आरोप छ। उनका अनुसार चालू आर्थिक वर्षको कामको हिसाब सामान्यतया काम सम्पन्न गरी असार २५ गतेभित्र फर्स्याेट प्रक्रिया सक्नुपर्छ। अहिले एक हप्ता बाँकी रहँदा वर्षाको समयमा काम अघि बढाइएको हो।

ad
ad
ad
ad