१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
गणेश लम्साल विराटनगर
२o८१ असार २० बिहीबार १५:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

पुराना घरका काठ गाउँबाट सहर ल्याउन ६ महिनाका लागि खुला

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १५:१५:oo

कोशी प्रदेश सरकारले गाउँमा रहेका काठका घरहरू सहरमा सार्न ६ महिनाकाे समय दिएकाे छ।

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा बसेको काेशी प्रदेश मन्त्रिपरिषद् बैठकले गाउँमा रहेका काठका पुराना घरका काठ विनाकर सहरमा सार्न ६ महिनाकाे समय दिने निर्णय गरेकाे हाे। यसअघि गाउँमा रहेका काठका घरहरू आवश्यक कर तिरेर मात्र सहरमा स्थानान्तरण गर्नुपर्ने बाध्यता थियो।

ग्रामीण क्षेत्रमा रहेका काठका घरहरूलाई उचित संरक्षण गराउन सहरमा सहज प्रक्रियाबाट सार्ने अनुमति प्रदान गरेको कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले बताए।

ad
ad
ad
ad